You are viewing the translated version of मानव संसाधन विकास.
Section 16
मानव संसाधन विकास
१२.१६.१ समग्र सूचना तथा सचार प्रविधिको विकास, विस्तार, प्रवर्द्धन, सहजीकरण, नियमन गर्न विद्यमान सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका नियकायहरुको पुनसंरचना गरीने छ ।
१२.१६.२. सूचना सञ्चार प्रविधि, उद्योग तथा शैक्षिक संस्थाहरु समेतको सहभागितामा अल्पकालिन, मध्यम तथा दीर्घकालिन सूचना तथा सञ्चार प्रविधि सम्बन्धी मानव संसाधन विकास योजना लागू गरिनेछ ।
१२.१६.३. दूर सञ्चार तथा सूचना तथा सञ्चार प्रविधि विधाहरुमा गुणस्तरीय शिक्षा तथा तालिम प्रदान गर्न नमुना केन्द्रहरु (Centers for Excellence) स्थापना गरिनेछ ।
१२.१६.४ डिजिटल साक्षरता (Digital literacy) अभिवृद्धि गर्न राष्ट्रिय डिजिटल साक्षरता कार्यक्रम तर्जुमा गरी लागु गरिनेछ ।
१२.१६.५ सम्पूर्ण नागरिकहरुमा पहुँच पुग्ने गरी सूचना तथा सञ्चार प्रविधि सचेतना कार्यक्रम लागु गरिनेछ ।
१२.१६.६ सार्वजनिक तथा निजी क्षेत्रमा कार्यरत संस्थाहरुलाई सूचना तथा सञ्चार प्रविधि सम्बन्धी दक्षता अभिवृद्धि तथा समग्र रुपमा मानव संसाधन विकासमा लगानी अभिवृद्धि गर्न विशेष पहल गरिनेछ ।
१२.१६.७ स्थानीय निकाय, निजी क्षेत्र तथा नागरिक समाज समेतको सहभागितामा समुदायमा लक्षित सूचना तथा सञ्चार प्रविधि तालिम तथा सचेतना कार्यक्रमहरु लागू गरिनेछ ।
१२.१६.८ शारीरिक अशक्तता भएका तथा असहाय समूहहरुको सूचना तथा सञ्चार प्रविधिमा पहुँच सुनिश्चित गर्न विशेष कार्यक्रम तर्जुमा गरी लागू गरिनेछ ।
१२.१६.९ सूचना तथा सञ्चार प्रविधि क्षेत्रको जनशक्ति विकास गर्न तालिम प्रदायक संस्थाहरु मार्फत अन्तराष्ट्रिय मान्यता प्राप्त तालिमहरु संचालन गरीने छ ।
१२.१६.१० शिक्षा मन्त्रालयद्वारा तर्जुमा गरीएको शिक्षामा सूचना तथा सञ्चार प्रविधि गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गरीने छ ।